हरिपुर । उत्कृष्ट नतिजाका साथ सम्पन्न प्रथम हरिपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक श्री नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीले जितेको छ ।
मंगलबार भएको फाइनलमा नव संघर्षशीलले टिएसपी फुटबल क्लब, धनुषालाई ३–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । नव संघर्षशीलको जितमा चन्दन दास, राम वजी र सनिल लामाले गोल गरे । उता पराजित टिएसपीका लागि भने युग लामाले एक मात्र गोल फर्काएका थिए ।
विजेता बनेको नव संघर्षशीलले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता टिएसपीले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । नव संघर्षशीलका चन्दन दास फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक तथा प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी नव संघर्षशीलका शत्रुधन चौधरी घोषित भए । संघर्षशील कै कुलदिप कार्की उत्कृष्ट डिफेन्डर बन्दा राम वजीले उत्कृष्ट मिडफिल्डरको पुरस्कार हात पारे । त्यसैगरी उत्कृष्ट फरवार्ड टिएसपीका सुदिप मगर बन्दा उत्कृष्ट प्रशिक्षक नव संघर्षशीलका मनोज कार्की चुनिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी संविधासभा सदस्य रामचन्द्र चौधरी, विशिष्ठ अतिथीमा मधेश प्रदेशका पूर्व उर्जा तथा सिंचाई मन्त्री बेची लुंगेली, हरिपुर नगरपालिका, सर्लाहीका मेयर गोपाल पजियार, उपमेयर निलमदेवी राय, हरिपुर नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष निलबिक्रम थापा तथा आयोजक श्री नव संघर्षशील युवा क्लब, हरिपुर–२, सर्लाहीका अध्यक्ष अमृत कुमार घिसिङ लगायतले पुरस्कृत गरेका थिए ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा