
हेटौडा । शुक्रबार सम्पन्न भिडोल बिजय युथ हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक बिजय युथ क्लबका मिडफिल्डर रुपेश केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
फाइनल भिडन्तमा आयोजक बिजय युथले सेन्ट्रल कलेज भरतपुर एफसीलाई २–१ ले हराउँदा केसीले निर्णायक पेनाल्टी गोल गरेका थिए । सर्वोत्कृष्ट खेलाडी बनेका केसीले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको अन्य व्यक्तिगत विधातर्फ पनि आयोजक कै वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका अशोक बराल चुनिए भने उत्कृष्ट डिफेन्डर पनि आयोजक कै सुरज बिष्ट घोषित भए ।
उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि आयोजक कै क्रमशः बिश्व अधिकारी, बिमल राना र सुबिन घिमिरेले हात पारे । त्यस्तै प्रतियोगिता भरि कुल ५ गोल गरेका भरतपुरका जोन ग्लोरीले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ७५–७५ सय हात पारे । बिजय युथ क्लब, हेटौडाको आयोजनामा गत माघ १६ गतेदेखि शुरु प्रतियोगितामा मकवानपुर, सर्लाही, बिरगंज र चितवनका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा