कावासोती । अभिषेक चर्च फुटबल क्लब, रजहर यहाँ जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ अभिषेक चर्चले हर्दी युवा समाज, राप्ती, चितवनलाई ४–१ को अन्तरले प्रभावशाली जितका साथ अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
अभिषेक चर्चको जितमा योमीले दुई गोल गर्दा युवराज ढकाल र निर बहादुर थापाले समान एक–एक गोल गरे । उता पराजित हर्दीका लागि भन सागर कटुवालले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका अभिषेक चर्चका योमी प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत पुष ८ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल कावासोती बी, नवलपुर र हेटौडा फुटबल एकेडेमी, मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।
सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।