News
माल्दिभ्समा बेस्ट प्लेयर बनिन रेखा, ड्रिम टिममा पनि रेखा र दिपा
काठमाडौं । माजिया स्पोर्टसका लागि खेल्दै माल्दिभ्सको शिर्ष महिला लिगको उपाधि जितेकी रेखा पौडेल प्रतियोगिताको विदेशी कोटातर्फ सर्वश्रेष्ठ खेलाडी बनेकी छिन् । प्रतियोगिता भरि कुल ५ खेलबाट आठ गोल गरेकी रेखा सर्वश्रेष्ठ खेलाडी बनेकी हुन् । स्थानीयतर्फ भने ओडी स्पोर्टसकी फथिमाथ सालिया बेस्ट प्लेयर बनेकी थिईन् ।
स्मरण रहोस, रेखा र दिपा शाही सम्मिलित माजिया स्पोर्टसले लिगको निर्णायक खेलमा ओडी स्पोर्टस क्लबलाई २–० ले हराउँदै लिग च्याम्पियन बन्न सफल भएको थियो । सो खेलमा माजियाका लागि दुवै गोल रेखा र दिपाले गरेकी थिईन् ।
त्यस्तै आयोजकले लिग समापनपछि घोषणा गरेको ड्रिम टिममा पनि रेखा र दिपा परेका छन् । आयोजकले सार्वजनिक गरेको ड्रिम टिममा माजिया स्पोर्टसका कुल चार खेलाडीहरु परेका छन् । जसमा रेखा र दिपाको नाम पनि उल्लेख छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल