News गण्डकी पुलिसले सुगौली एफसीलाई हराउँदै सेमिफाइनलमा
गोलनेपाल

कावासोती, नवलपुर । सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रथम कावासोती गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी पुलिस क्लबले सुगौली एफसीलाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गण्डकी पुलिसको जितमा केशव बराम, रन्दीप पौडेल र विवेक गुरुङले समान एक–एक गोल गरे। सुगौली एफसीका लागि साजन क्षेत्री र विकास चौधरीले गोल गरे। खेलमा सुगौली एफसीका बिक्रम लामा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत पुष १० गते हानामी बीएफसी र मर्दीखोला युनाइटेड, पर्वतबीचको खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल पुष १६ गते हुनेछ।

Post Comments