News वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
गोलनेपाल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो सेमिफाइनल खेल वडा नं ५ र १२ बीच रोमाञ्चक प्रतिस्पर्धा हुदा उक्त खेलमा वडा नम्बर १२, ३-१ गोल अन्तरको जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

वडा नम्बर १२ लाई जित दिलाउनका लागि सुवास मगरले पहिलो गोल गरेका थिए भने करन बस्नेतले दुई गोल गरेका हुन्। उता पराजित भएको वडा नम्बर ५ का लागि सृजन श्रेष्ठले पेनाल्टी मार्फत गोल गरेका थिए। उक्त खेलमा दुई गोल गर्न सफल वडा नम्बर १२ का करन बस्नेत म्यान अफ द म्याच हुँदै नगद रु.१५०० सहित ट्रफी प्राप्त गरेका छन्।

दोस्रो सेमीफाइनल खेल वडा नं ७ र १३ विभिन्न प्राविधिक समस्या साथै समय अभावका कारण शुक्रबारसम्मका लागि सारिएको छ। 

Post Comments