News
एन्फा यु–१६ लिगः शेर्पासँग संकटा निराश
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले रोमाञ्चक जित हात पारेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा शेर्पाले संकटा फुटबल क्लबलाई २–१ ले हरायो ।
शेर्पाको जितमा जेनिल सुब्बा र महेश राईले गोल गरे । उता पराजित संकटाका लागि भने पेम्बा तामाङले गोल गरेका थिए । खेलमा शेर्पाका उत्सव खड्का प्लेयर अफ दि म्याच चुनिए ।
यो जितपछि २६ खेलबाट ३२ अंक जोडेको शेर्पा लिगतालिकाको नवौं स्थानमा कायम छ । पराजित संकटा ४७ अंकका साथ अंकतालिकाको छैठौं स्थानमा रहेको छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि