पथरी । पथरी ११ फुटवल क्लब बेलबारीमा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको सेमिफाइनलमा प्रबेश गरेको छ । सोमबारको खेलमा पथरी ११ फुटबल क्लबले धरान सिटी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने धरानले लिएको थियो ।
खेलको ६ मिनेटमा धरानका सिटीका मदन लाबुङले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । धरानको अग्रता भने धेरैबेर रहन सकेन । खेलको ११ औं मिनेटमा इन्ट्रा पथरी ११ का क्याप्टेन युकेस तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याए । तामाङले सौर्य राउत र संजय लिम्बुले निकालेको वान भर्सेस वान पासमा उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफ १-१ को बराबरीमा खेलेको धरानले खेलको ४६ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । धरान सिटीले इन्ट्रा पथरी ११ का मन्जिल खड्कालाई फल गरे पछि पाएको फ्रि किक नै पथरी ११ का लागि दोस्रो चरणको ठोका खुल्यो । पथरी ११ का न्युचन धिमालले प्रहार गरेको फ्रिकिकलाई क्याप्टेन युकेस तामाङले निकालेको पासमा मिक्चेन दासले उत्कृष्ट निर्णायक गोल गरे । खेलमा अग्रता लिएको धरान सिटीले लय गुमाउदा घर फर्कनु पर्यो ।
खेलको‘म्यान अफ द म्याच’ पथरी ११ का टिम क्याप्टेन युकेश तामाङ घोषित हुदै नगद २५ सय प्राप्त गरे । आजको खेल आयोजक संगम स्पोटिङ क्लव लक्ष्मिमार्ग र ध्रुवतारा स्पोटिङ क्लव दमक विच हुने छ । मेमोरियल कपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट फर्वार्ड, राइजिङ प्लेयर, सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबारी–११ निवासी हिरा कुमारी श्रेष्ठ प्रदान गर्नु भएको छ ।