News चर्च ब्वाईजले सिक्किममा चिफ मिनिस्टर गोल्डकप खेल्दै (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । चर्च ब्वाईज युनाइटेडले ऐतिहासिक ७१औं माघे संक्रान्ति मेलाको अवसर पारी नाम्ची जिल्ला फुटबल संघ, सिक्किमको आयोजनामा हुन गईरहेको ११औं अल इन्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

नाम्चीको जोरेथाङ फुटबल स्टेडियममा आउँदो जनवरी ५ देखि २१ तारीखसम्म हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा बाइ पाएको चर्च ब्वाईजले १४ जनवरीका दिन सोझै क्वाटरफाइनल खेल्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा चर्चित आई लिग क्लबहरु नेरोका फुटबल क्लब, सुदेवा दिल्ली फुटबल क्लब जस्ता टोलीहरुको पनि सहभागिता रहेको छ ।

खेलतालिका पनि हेर्नुहोसः

Post Comments