खेजेनिम (ताप्लेजुङ) । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लब यहाँ आयोजित प्रथम मानाभारा गोल्डकपको च्याम्पियन बनेको छ ।
फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा आज भएको फाइनल खेलमा चाँगेले सिदिङ्वा गाउँपालिका ७ को लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरूम्खिमलाई ३-० गोलअन्तरले पराजित गर्दै पहिलो संस्करणको गोल्डकप च्याम्पियन बनेको हो ।
चाँगेका लागि विदेशी खेलाडी फोडे फोफोनाले खेलको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । खेल सुरु भएको १७ सेकेण्डमा उनले गोल गरेका हुन् ।
यसैगरी, चाँगेका शक्ति राईले २३औँ र २९औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकालेका थिए । संघर्षपूर्ण खेलमा सुरुम्खिमका गोलरक्षक विपिन फोम्बोले चाँगेका खेलाडीले पाएको थुप्रै प्रहार रोकेका थिए ।
फाइनल खेलको प्लेयर अफ दी म्याच चाँगेका बसन्त ओझा भए । उनले नगद २ हजार ५ सयसहित ट्रफी पाए । गोल्डकपको उत्कृष्ट गोलरक्षक चाँगेका देवन भुजेल भए । यसैगरी, उत्कृष्ट रक्षक पनि चाँगेकै सनम राई भए ।
गोल्डकपको बेस्ट मिल्डफिल्डर सुरुम्खिमका जमिन लक्सम हुँदा सुरूम्खिमकै दिपेश लिम्बू बेस्ट फरवार्ड भए भने सर्वाधिक गोलकर्ता चाँगेका विदेशी खेलाडी फोडे फोफोना भए । उनले ४ गोल गरेका थिए । उनीहरुले जनही ५-५ हजारसहित ट्रफी पाए । गोल्डकपको सर्वोत्कृष्ट खेलाडी चाँगेकै आरके कन्दङ्वा भए । उनले नगद ८ हजारसहित ट्रफी पाए ।
च्याम्पियन बनेको चाँगेले नगद ३ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पायो भने उपविजेता बनेको सुरुम्खिमले नगद १ लाख ५२ हजार ८२ र ट्रफीमा चित्त बुझाएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई