News
युएईमा दोस्रो जिसिडी कप हुँदै
काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जिसिडी रोयल गोर्खा फुटबल क्लबको आयोजनामा आउँदो फेब्रुअरी २१ तारीखका दिन दोस्रो जिसिडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाली कम्युनिटी फुटबल टोलीहरु बीच अल कोज स्थित डुल्स्को मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजक क्लबका सोमन गुरुङले बताए ।
प्रतियोगितामा हालसम्म कै सर्वाधिक पुरस्कार राशी राखिएको पनि अर्का सदस्य पुजन लामाले बताए । लामाका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार दिराम हात पार्नेछ भने उपविजेताले ५ हजार दिराम प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद १५०० दिराम प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यसबाहेक विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने