शनिश्चरे (झापा) । अर्जुनधारा नगर खेलकुद विकास समितिले झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताका लागि २३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अर्जुनधारा ९ स्थित खरबन्दी खेलमैदानमा २ दिनसम्म भएको खेलाडी छनोटपछि २३ जनालाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । छनोटमा करिब सय जना खेलाडी आएका थिए ।
गोलकिपरः सौरभ विक, अनमोल लिम्बू र सिद्धार्थ लिम्बू । डिफेन्डरः बुद्ध चौधरी, अमन गिरी, निश्चल राई, साहिल खड्का, रोनिश काफ्ले, करण खवास, सागर तामाङ, प्रविण तिम्सिना ।
मिडफिल्डरः साङगे तामाङ, उज्जवल राई, मिराक मल्ल, विशेष कार्की, निश्चल भण्डारी, अर्पित मगर । फरवार्डः गणेश गजमेर, आदर्श मेचे, अनुज बाँस्कोटा, युगल राई, सुगम लामिछाने र निश्चल मिश्र ।
बन्द प्रशिक्षणमा परेका २३ जना खेलाडीलाई नै प्रशिक्षण दिइने प्रशिक्षक पुष्प मादेनले जानकारी दिएका छन् ।
अर्जुनधारा ८ को शनिश्चरे फुटबल क्लबले आउँदो माघ ११ गतेदेखि प्रतियोगिताको आयोजना गर्दैछ । विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा