News सतिसाले छैठौं माघे संक्रान्ती कपको फाइनलमा
गोलनेपाल

नक्सलबारी । सतिसाले फुटबल क्लब, मोरङ यहाँ जारी छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलतर्फ सतिसालेले बेलबारी फुटबल क्लब, मोरङलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सतिसालेका लागि भुवन बस्नेतले गोल गरे भने बेलबारीका लागि रोहन गुरुङले गोल गरेका थिए । पेनाल्टीमा भने सतिसाले ४–२ ले विजयी बन्दै फाइनल प्रवेश गर्यो । खेलमा सतिसालेका सबिन घिमिरे म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत पुष ३० गते बुधबारको दोस्रो सेमिफाइनल खेल नक्सलबारी फुटबल क्लब र लेटाङ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

 

Post Comments