News
युएईमा प्रेसिडेन्ट कप नेपाली कम्युनिटी फुटबल प्रतियोगिता हुँदै
काठमाडौं । ‘एकता, सहकार्य अनि निरन्तरता’ भन्ने मूल नाराका साथ नेपाली समाज युएईको आयोजनामा यही जनवरी १७ तारीखका दिन प्रेसिडेन्ट कप नेपाली कम्युनिटी फुटबल प्रतियोगिता हुने भएको छ ।
अल कोज स्थित डुल्स्को एरिनामा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित १५०० युएई दिराम हात पार्नेछ भने उपविजेताले १००० युएई दिरामसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसबाहेक प्रतियोगिता अवधिभर मैदान मै मेडिकल चेकअप को व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने