News
लेटाङ फाइनलमा, उपाधिका लागि सतिसालेसँग भिड्ने
नक्सलबारी । लेटाङ फुटबल क्लब यहाँ जारी छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ लेटाङले नक्सलबारी फुटबल क्लबको चुनौति २–० ले समाप्त पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
लेटाङको जितमा अनिल चाम्लिङ र ृसौगात राईले गोल गरे । विजयी टोली लेटाङका अनिल चाम्लिङ खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
लेटाङले अब यही माघ १ गते बिहीबार हुने फाइनलमा सतिसाले फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय