News अभिषेक चर्चलाई फाइनल पुर्याउन अभिषेक बने निर्णायक
गोलनेपाल

पालडाँडा । अभिषेक चर्च फुटबल क्लब, रजहर नवलपरासीमा जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलतर्फ अभिषेक चर्चले राइजिङ स्टार फुटबल क्लब, नवलपरासीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

पालडाँडा खेलमैदानमा भएको खेलको २८औं मिनटमा अभिषेक महतोले गरेको एक मात्र गोल अभिषेक चर्चलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो । खेलमा अभिषेक चर्च कै गोलरक्षक टोप बहादुर राना म्यान अफ दि म्याच चुनिए ।

अब अभिषेक चर्चले यही माघ १९ गते सोमबार हुने फाइनलमा भैरव स्पोर्टस क्लब, नवलपरासीसँग उपाधिका लागि भिड्ने खेल संयोजक खड्क सिंह पुन मगरले बताए ।

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments