मिक्वाखोला । सिदिङवा गाउँपालिका, साब्लाखु ताप्लेजुङमा जारी प्रथम शहिद कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा सिदिङवाले आठराई त्रिवेणी गाउँपालिका, हाङपाङलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सिदिङवाको जितमा तिलकुमार लिम्बु र सामुएल राईले समान दूई–दुई गोल गरे भने थप एक गोल बिबेक सुनामले गरे । उता पराजित आठराई त्रिवेणीका लागि भने समिर लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा सिदिङवाका बिबेक सुनाम म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मैवाखोला गाउँपालिका, साधु र सिरिजंघा गाउँपालिका, तेल्लोकबीच हुने आयोजकले जानकारी दियो ।
योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल), मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यही माघ २१ गतेका दिन हुनेछ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि