News
आयोजक महुली फाइनलमा, उपाधिका लागि तालतलैयासँग भिड्ने
महुली । कठिन जितका साथ आयोजक महुली फुटबल क्लब, सप्तरी यहाँ जारी दोस्रो महुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा महुलीले इनरुवा फुटबल क्लब, सुनसरीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा महुली ४–३ ले विजयी बन्यो । खेलमा महुलीका गोलरक्षक सन्दिप भट्टराई म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत महुलीले अब माघ २४ गते हुने फाइनलमा तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
महुली फुटबल क्लब, महुली, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments