जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर -१० स्थित छेवेटार खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप अन्तर्गत सोमबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब काठमाडौँ र प्लानिङ बोइज युनाइटेड बीच रोमान्चक प्रतिस्पर्धा सम्पन्न भएको छ।
उक्त खेलमा प्लानिङ बोइज युनाइटेडलाई २–० को नतिजामा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। पहिलो हाफको २९ औं मिनेटमा विकास विकले सुन्दर गोल मार्फत पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफ एक गोलले अगाडि रहेको पुलिस दोस्रो हाफको ७४ औं मिनेटमा आशिष थारुले थप एक गोल गर्दा दुई गोलले अगाडि बढेको थियो।
त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट कुनै पनि गोल नहुँदा प्लानिङ बोइजमाथि दुई शून्यको शानदार जित दर्ता गर्दै नेपाल पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो। उक्त खेलमा प्रेरणादायी प्रदर्शन गरेका नेपाल पुलिसका विकास बिक म्यान अफ दि म्याच बन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन्।
मङ्गलबार प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सशस्त्र प्रहरी बल काठमाडौँ र श्री भगवती टोखा दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन