
काठमाडौं (एजेन्सी) । भारतको चर्चित आई लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङले यस सिजन लिगमा आफ्नो प्रभाव जमाउन सफल भएका छन् ।
आई लिगले यस सिजन जारी गरेको एउटा तथ्यांकमा किरनले आफ्नो पल्ला भारी रुपमा जमाएका छन् । आई लिगको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशित तथ्यांक अनुसार किरनले यस सिजन सर्वाधिक शट जोगाएका छन् । अर्थात किरनले यस सिजन पञ्जाबलका लागि ७ म्याच खेल्दै विपक्षीको ३२ प्रहार जोगाएका छन् ।
यो सूचीमा नेरोकाका गोलरक्षक बिशोरजित सिंह दोस्रो स्थानमा छन् । उनले कुल २२ प्रहार जोगाएका छन् भने तेस्रो स्थानमा ट्राउका गोलरक्षक सोराम पोइरी छन् । उनले कुल २१ प्रहार जोगाएका छन् ।
स्मरण रहोस, आई लिगमा यस सिजन किरनको टोली पञ्जाब ७ खेलबाट ११ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानमा १३ अंकका साथ चर्चिल ब्रदश रहेको छ । पुछारमा भने मात्र १ अंक जोडेको इण्डियन एरोज रहेको छ ।
.@RGPunjabFC custodian Kiran Chemjong has saved the most number of shots 🧤 so far in the #HeroILeague this season, with 3️⃣2️⃣ in 7️⃣ matches! 😱👏#LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/iPPDoYe6wF
— Hero I-League (@ILeagueOfficial) February 12, 2021