
काठमाडौं (एजेन्सी) । भारतमा चर्चित आई लिग खेलिरहेका नेपालका स्टार गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाबले शनिबार जितको ह्याट्रिक जमाएको छ । र लिगतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ ।
ह्याट्रिक जमाउने क्रममा पञ्जाबले ्चेन्नई सिटी एफसीमाथि २–० को जित निकाल्यो । कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबका लागि पहिलो गोल ४३औं मिनटमा बाबा डायवराले गरेका थिए । दोस्रो गोल भने खेलको अन्तिमतिर ८८औं मिनटमा रुपर्ट नोंग्रमले गर्दै पञ्जाबको जित पक्का गरेका थिए ।
खेलमा किरन हिरो अफ द म्याच समेत घोषित भए । स्मरण रहोस, पञ्जाबको यो लगातार तेस्रो जित समेत हो । यसअघि गत साता ट्राउलाई समान २–० ले हराएको पञ्जाबले मंगलबार मात्र इण्डियन एरोजमाथि २–१ को जित निकालेको थियो ।
यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको पञ्जाब लिगतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ । दोस्रो स्थानमा भने १३ अंकका साथ एक खेल कम खेलेको चर्चित ब्रदर्श छ । उता पराजित चेन्नई सिटी भने ७ खेलबाट ९ अंकका साथ सातौं स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल रियल कश्मिरसँग आउँदो बिहीबार १८ फेब्रुअरीका दिन खेल्नेछ ।
𝔽𝕌𝕃𝕃 𝕋𝕀𝕄𝔼! ⏱️@RGPunjabFC pick up their 3⃣rd consecutive victory as they cruise past @ChennaiCityFC to continue their march up the table 🔝
— Hero I-League (@ILeagueOfficial) February 13, 2021
𝐑𝐆𝐏 2⃣-0⃣ 𝐂𝐂𝐅𝐂#RGPCCFC ⚔️ #LeagueForAll 🤝 #IndianFootball ⚽ #HeroILeague 🏆 pic.twitter.com/E0BH7O5CH9