शिवसताक्षी । नगर खेलकुद विकास समिति, शिवसताक्षी, झापाको आयोजनामा सम्पन्न मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ८ ले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर १ लाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । दुधे रंगशालामा भएको खेलको २२औं मिनटमा अबिनाश बस्नेतले गरेको एक मात्र गोल वार्ड नम्बर ८ लाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।
विजेता बनेको वार्ड नम्बर ८ ले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर १ ले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलका निर्णायक गोलकर्ता अबिनाश बस्नेत प्लेयर अफ दि म्याच बने ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १ का संगम लावती बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर १ कै श्रृजन मुखिया चुनिए । सर्वाधिक गोलकर्ता सोहन थापा बन्दा उदीयमान खेलाडी वार्ड नम्बर ९ का योचन लिम्बु चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने बिशाल थिङ तामाङ घोषित भए ।
प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका कुल ११ वार्डका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा