News आजदेखि फिदिम भेट्रान्स गोल्डकप, विजेतालाई १ लाख २५ हजार
रमेश समदर्शी

पाँचथर । तेस्रो अन्तर्राष्ट्रिय फिदिम भेन्ट्रान्स गोल्डकप आजदेखि सुरु हुँदैछ । हिलिहाङ ६ स्थित जोरपोखरी माविको मैदानमा हुने गोल्डकपमा ८ टोलीको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले उदयपुरको बेलका भेट्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । आजै दोस्रो खेलमा तेह्रथुमको आठराई भेट्रान्सले पाहुना टोली भारतको युनाइटेड फ्रेण्डस् क्लबसँग खेल्नेछ ।

Post Comments