काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब शतप्रतिशत जितका साथ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । चोटका कारण आफ्ना पे्रेरणादायी फरवार्ड साबित्रा भण्डारी बिना मैदानमा उत्रिएको एपिएफले बिराटनगर महानगरपालिकामाथि १–० को जित निकाल्यो
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएप्mका लागि ५५औं मिनटमा अनिता केसीले एक मात्र निर्णायक गोल गरिन् । एपिएफको यो समग्रमा लगातार ११औं खेलमा ११औं जित थियो । यद्यपि रमाइलो कुरा त, एपिएफले बुधबार बिराटनगर विरुद्ध खेल्नु अघि नै उपाधि जित्न सफल भएको थियो ।
लिगमा एपिएफलाई कडा चुनौति दिएको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार नै भएको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेपछि एपिएफले बुधबार मैदानमा उत्रिनु अघि नै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
बुधबारको नतिजापछि ११ खेलबाट ३३ अंक जोडेको एपिएफ शिर्ष स्थानमा रहँदै विजेता बन्यो । २६ अंकका साथ आर्मी तेस्रो स्थानमा रह्यो भने १६ अंक जोडेको बिराटनगर तेस्रो स्थानमा रह्यो । त्यस्तै पुलिस भने १५ अंकका साथ चौथो स्थानमा छ ।
एपिएफले लिगको आफ्नो अन्तिम खेल फागुन ७ गतेका दिन दशरथ रंगशालामा आर्मी विरुद्ध खेल्नेछ । लिग अन्तरगत फागुन ६ गते बिहीबारको एक मात्र खेल वालिङ नगरपालिका, स्याङजा र चन्द्रपुर नगरपालिका, रौतहटबीच हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै