दिपनगर । चपरहट्टी फुटबल क्लब र डिएस युनाइटेड रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ चपरहट्टीले होमिज फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हरायो । खेलमा चपरहट्टीका अशोक घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेल तथा अन्तिम क्वाटरफाइनलमा डिएस युनाइटेडले शिवनगर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । खेलमा डिएस युनाइटेड कै अमन श्रीस म्यान अफ द म्याच चुनिए ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने