News सुजितको निर्णायक गोलसँगै देवदह क्वाटरफाइनलमा
सुरज राना मगर

कोटिहवा । देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी २४औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा देवदहले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलको पहिलो हाफको शुरुवाततिरै सुजित बुढाथोकीले गरेको पेनाल्टी गोल नै खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता सुजित बुढाथोकी नै खेलको म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत असोज ४ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए ।

 लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।

Post Comments