
काठमाडौं (एजेन्सी) । भारतमा जारी हिरो आइ लिगतर्फ नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले नेरोकामाथि १–० को साँघुरो जित निकालेको छ ।
सोमबार पश्चिम बंगाल स्थित कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबका लागि ६५औं मिनटमा पापा डायवराले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । स्मरण रहोस, नेरोकाबाट अर्का नेपाली फुटबलर प्रकाश बुढाथोकीले खेलेका थिए ।
यो जितसँगै १० खेलबाट १८ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । उता पराजित नेरोका भने ८ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।
𝔽𝕌𝕃𝕃 𝕋𝕀𝕄𝔼!
— Hero I-League (@ILeagueOfficial) March 1, 2021
Papa Diawara's strike proves to be the difference as @RGPunjabFC climb up to 2nd on the table after taking all 3 pts 🆚 @NerocaFC at the Kalyani Stadium.
𝐍𝐅𝐂 0⃣-1⃣ 𝐑𝐆𝐏#NFCRGP⚔️ #LeagueForAll 🤝 #IndianFootball ⚽ #HeroILeague 🏆 pic.twitter.com/DCKjzoeV4n
साथै सोमबारको यो खेलसँगै लिगको पहिलो चरणको खेलहरु पनि सम्पन्न भएका छन् । साथै पञ्जाबले हात पारेको त्यो जितसँगै अब लिग उपाधिका लागि च्याम्पियनसिप स्टेजमा अन्य पाँच क्लबहरुसँग भिड्ने छ ।
च्याम्पियनसिप स्टेजमा पञ्जाब बाहेक लिगलिडर चर्चिल ब्रदर्श, रियल काश्मिर, मोहम्मदन एससी, गोकुलम केरला र ट्राउ रहेका छन् । त्यस्तै पुछारका ५ टोलीहरु एजवाल, सुदेवा दिल्ली, चेन्नई सिटी, नेरोका र इण्डियन एरोज रहेका छन् ।