
बर्दघाट नगरपालिकाको संरक्षकत्वमा
बर्दघाट–१६ पश्चिम नवलपरासीमा जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा लेखनाथ युनाइटेड, कास्की फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकर युथ क्लब, रुपन्देहीको चुनौति ०–१ ले पन्छ्याउँदै लेखनाथ उपाधि नजिक पुगेको हो ।
बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा सम्पन्न खेलमा लेखनाथका लागि फोफोनाले एक मात्र निर्णायक गोल गरे ।
खेलमा लेखनाथ कै अफ्रिकी डिफेन्डर साहिद म्यान अफ द म्याच घोषित भए । लेखनाथले अब उपाधिका लागि फाइनलमा खनाल ब्रदर्श, रुपन्देहीको सामना गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।
नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष भिमकाजी गुरुङले बताए ।