
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडास्थित ५ नम्बर वडामा रहेको क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माण अभियान सुरु भएको छ ।
पिप्ले युवा क्लवको अगुवाई एवम् वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको हो । यसै अभियान अन्तर्गत बिहीबार एथ्लेटिक्स रनिङ ट्रयाक निर्माणको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष राजेश बानियाँ लगायतले ४ सय मिटर एथ्लेटिक्स रनिङ ट्रयाकको शिलान्यास गरेका हुन् ।
पिप्ले युवा क्लवको अगुवाईमा क्याम्पाडाँडाको खेल मैदानलाई व्यवस्थित गर्दै रंगशाला निर्माण अभियान थालनी गरिएको हो । मेयर महतले क्याम्पा मैदानलाई व्यवस्थित बनाउन र प्याराफिट निर्माणको लागि यस बर्ष ३० लाख रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आगामी बर्ष बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित खेल मैदान जरुरी रहेको धारणा राख्दै उनले पिप्ले युवा क्लव र अध्यक्ष सुशील घिमिरेको अगुवाईमा भैरहेको कामको उनले प्रशंसा समेत गरे । यसअघि क्लवको अगुवाईमा पिप्लेमा व्यवस्थित कभर्ड हल निर्माण कार्य सम्पन्न भैसकेको छ । वडाले ट्रयाक निर्माणको लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वडा अध्यक्ष राजेश बानियाँले आगामी बर्ष थप बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए । अन्तर्राष्ट्रिय मापदण्डको ८ लेनसहितको १० मिटर चौडाईको एथ्लेटिक्स ट्रयाक निर्माण हुनेछ । यसको लागि करिब ५० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । करिब डेढ महिनाभित्र ट्रयाक निर्माणको काम सम्पन्न गर्ने योजना रहेको पिप्ले युवा क्लव अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
ट्रयाकभित्र स्तरीय फुटबल मैदान हुनेछ । सम्भव भएसम्म भलिवल, बास्केटबल लगायतको संरचना बन्ने उनले जानकारी दिए । क्याम्पाडाँडा खेल मैदानलाई खेलकुद हबको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष घिमिरेले सुनाए । करिब एक महिना अघि पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेकै नेतृत्वमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परिसरमा बहुउपयोगी कभर्ड हल निर्माणपश्चात उद्घाटन भइसकेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा