
हेटौडा । हेटौडामा सम्पन्न मेयर कप नकआउट फुटबल प्रतियोगिता–२०७७ को उपाधि हेटौंडा वार्ड नम्बर १० ले जितेको छ । सोमबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा भएको फाइनलमा हेटौंडा–१८ लाई ५–० को फराकिलो अन्तरले हराउँदै हेटौडा–१० ले उपाधिमाथि कब्जा जमाएको हो ।
हेटौंडा–१० को जितमा विके लामाले ह्याट्रिक गरे भने प्रितम स्याङबोले एक गोल गरे । थप एक गोल भने विपक्षी खेलाडीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
विजेता बनेको हेटौडा–१० ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता हेटौडा–१८ ले १ लाखमा चित्त बुझायो । प्रतियोगितामा सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।
त्यस्तै दिपेश गोले उत्कृष्ट गोलरक्षक चुनिए भने राजेश पाण्डे उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट मिडफिल्डर बिमल घलान चुनिदा उत्कृष्ट फरवार्ड विके लामा बने । उत्कृष्ट प्रशिक्षकको पुरस्कार भने कृष्ण लामाले हात पारे । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे ।
विजयी खेलाडी तथा प्रशिक्षकलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महत लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए । हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा कुल १९ टोलीको सहभागिता रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा