News
चितवनको मार्की खेलाडी बने भरत
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान तथा राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब एफसी चितवनको मार्की खेलाडीका रुपमा अनुवन्धित भएका छन् ।
आईएमई ग्रुपको स्वामित्वमा रहेको चितवनले पूर्व थ्रीस्टार र आर्मी क्लबकै चर्चित प्रशिक्षक मेघराज केसीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको समेत पुष्टी गरेको छ।
नेपाल स्पोर्टस एण्ड म्यानेजमेण्टको आयोजनामा आउँदो बैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने सुपर लिगमा सहभागि ललितपुर सिटीले अन्जन बिष्ट र धनगढी एफसीले बिशाल राईलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहने सुपर लिगमा कुल १९ खेलहरु हुने समेत बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै