News
भवन निर्माणको लागि थ्रिस्टारलाई सहयोग

नेपालको ए डिभिजन क्लब थ्री स्टारक्लबको भवन निर्माणको लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपियाँ विनियोजित गरेको छ ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगलबार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्तास्वरुप ९ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो । सो अवसरमा वडाअध्यक्ष शाक्यले गत आर्थिक वर्षको बजेटबाट सो रकम प्रदान गरिएको जानकारी दिँदै निर्माण कार्य शुरु गरिएपछि बाँकी ४० प्रतिशत रकम प्रदान गर्ने बताउनुभयो ।
वडाअध्यक्ष शाक्यका अनसार भवनको लागि चालू आर्थिक वर्षमा थप १० लाख रुपैयाँ विनियोजित गरिएको छ ।
थ्रिस्टारका अध्यक्ष जोशीले क्लबको दुःख पीर र व्यथा बुझ्ने भन्दै वडाअध्यक्ष शाक्यको अग्रसरताको प्रशंसा गर्नुभयो ।
Post Comments