News
१३औं साग फुटबल: नेपाल लगातार दोस्रोपटक फाइनलमा

शुरुवातबाटै पदकको दावेदार मानिएको साविक विजेता तथा आयोजक राष्ट्र नेपाल जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा नेपालले दश खेलाडीमा सिमित बंगलादेशलाई १–० ले हराउँदै स्वर्ण पदकका लागि फाइनलमा भुटानसँगको भेट पक्का गरेको हो ।
नेपालको जितमा पहिलो हाफको ११औं मिनटमा बक्स नजिकै सुजल श्रेष्ठले मिलाइदिएको पासमा सुनिल बलले एक मात्र निर्णायक गोल गरे । खेलको अन्तिमतिर बंगलादेशका जमल भुयनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो ।
नेपालले अब स्वर्ण पदकका लागि मंगलबार भुटानसँग फाइनल खेल्नेछ । स्मरण रहोस, यसअघि भारतको गुवाहाटीमा सम्पन्न १२औं सागमा पनि नेपालले भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण जितेको थियो ।
Post Comments