काठमाडों । राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले फुटबल करियरसँगै नयाँ भूमिका पाएका छन् । किरनलाई नयाँ भूमिकाको रुपमा प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।
प्रिमियर स्कुलले बुधबार एक कार्यक्रमको आयोजना गरि किरनलाई नयाँ भूमिका दिइएको हो । किरनले प्रिमियर स्कुलसँग तीन बर्षका लागि सम्झौता गरेको बताइएको छ ।
स्मरण रहोस, किरनले गत आइतबार सम्पन्न भारत विरुद्धको दुई अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्दै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रय म्याच खेल्ने किर्तिमान बनाएका थिए । उनले भारत विरुद्ध दोस्रो म्याच खेल्दै नेपालका लागि ७४ अन्तर्राष्ट्रिय म्याच खेल्ने पहिलो खेलाडी बने ।
किरनले यसअघि नेपालका पूर्वकप्तान बिराज महर्जनले बनाएको ७३ अन्तर्राष्ट्रिय म्याचको किर्तिमान भारत विरुद्ध पहिलो म्याच खेल्दै बराबरी गरेका थिए ।
नयाँ जिम्मेवारी र भूमिका पाएका किरनले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न