News
फिदिम नगरकप फुटवल प्रतियोगिताको टाइसिट सार्वजनिक
पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।
नगर कपको दोस्रो सँस्करण यही पुस १० गतेदेखि हुँदैछ । स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक स्वतन्त्र क्लबले भैरवी दल गण फिदिमसँग भिड्ने भएको छ ।
फाइनल खेल पुस १५ गते हुने प्रतियोगितामा आठ टिम सहभागी छन् । जसमा आयोजक स्वतन्त्र क्लव रानीटारसँगै फिदिम स्पोर्टिङ क्लव पाँचथर, भैरवी दल गण पाँचथर, मितेरी क्लव आठराई तेह्रथुम, डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापा, रेडहर्ष क्लव इलाम, योङ व्वाइज क्लव इलाम र सैनिक युथ क्लव झापाले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी पाउनेछ ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात