News
दुई महारथी मनाङ र थ्रीस्टारको जित

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ दुई बलिया टोली मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबले जित हात पारेका छन् ।
सोमबार दशरथ रंगशालामा भएको दुवै खेलहरुमा मनाङ र थ्रीस्टारले क्रमश दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबलाई समान १–० ले हरायो ।
पहिलो खेलमा मनाङका लागि अन्तिमतिर इन्जुरी समयमा आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाईदा उठाउँदै दयानन्द सिंहले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै दोस्रो खेलमा थ्रीस्टारले नेपाल पुलिलाई हराउँदा सुशिल राई निर्णायक रहे । खेलको ८४औं मिनटमा राईले थ्रीस्टारका लागि एक मात्र निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत चुनिए ।
Post Comments