
पोखरामा असोज १५ र १६ गते शुशिल लामा प्रिजेन्स पहिलो स्व. दिलमाया लामा एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता पोखरा ४ गणेशटोलमा रहेको बि–फिट् फुटसलमा दुई दिनसम्म खेल हुनेछ । प्रतियोगितामा उदयीमान खेलाडीहरुको टिम सहभागी रहेने आयोजक तथा ‘ए’ डिभिजन लिगका खेलाडी शुशिल लामाले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुने टिमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । भने दोस्रो हुनेले ३३ हजार ३ सय ३३ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कर प्रदान गरिने शुशिल लामाले जानकारी दिए ।
स्व. दिलमाया लामाको स्मृतिमा उदयीमान खेलाडीहरुको हौसला स्वरुप खेलाउन लागिएको प्रतियोगिता मार्फत खेलाडीहरुको हौसला बढ्ने लामाको विश्वास छ ।
स्व. लामा पनि पूर्व राष्ट्रिय महिला खेलाडी थिईन् । नेपालको प्रतिनिधित्व गर्दै जापान, हङकङ, सिंगापुर लगायत धेरै देशसँग महिला फुटबलमा सहभागी हुँदै स्व. दिलमाया लामाले खेलेको अनुभव थियो । आमा कै प्रेरणाबाट फुटबलमा होमिएका जेठा छोरा शुशिल लामा पनि नेपालको ‘ए’ डिभिजन क्लबमा आवद्ध भइसकेका छन् ।
एनआरटी, मनाङ मस्र्याङ्दी, फ्रेन्ड्स क्लबमा आवद्ध भएर आफ्नो खेल कौशल प्रस्तुत गरेका लामाले उदयीमान खेलाडीहरुलाई फुटबलमा प्रेरित गर्न प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिता गर्न २ लाख खर्च लाग्ने अनुमान गरेका गरिएको छ । भने आन्दानी ३ लाख हुने लामाको अनुमान छ ।
प्रतियोगिताबाट बचेको रकम वृद्धाश्रम र फुटबल क्षेत्रमा नै खर्च गर्ने उनले सुनाए ।