News
दिवंगत खेलाडी रसाइलीको स्मृतिमा ओपन फुटसल हुने
काठमाडौं (खेलदैनिक) । हालै उपत्यकाको स्थानीय फुटसल प्रतियोगिता खेल्ने क्रममा हृदयघात भई निधन भएका दिवंगत फुटबल तथा फुटसल खेलाडी कर्फु रसाइलीको स्मृतिमा ओपन फुटसल प्रतियोगिता हुने भएको छ ।
यहि पौष २६ गते हुन गईरहेको प्रतियोगिता बानेश्वर रिक्रियशन सेन्टरमा हुनेछ । प्रतियोगितामा सहभागि हुने टोलीहरुका लागि टिम दर्ता शुल्क ६००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पात पार्नेछ भने उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडलहरु प्राप्त गर्नेछ । स्मरण रहोस, नेपालको उमेर समूहको राष्ट्रिय फुटबल टोलीबाट समेत खेलिसकेका कर्फुको हालै फुटसल प्रतियोगिता खेल्ने क्रममा असामयिक निधन भएको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै