News दिवंगत खेलाडी रसाइलीको स्मृतिमा ओपन फुटसल हुने
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । हालै उपत्यकाको स्थानीय फुटसल प्रतियोगिता खेल्ने क्रममा हृदयघात भई निधन भएका दिवंगत फुटबल तथा फुटसल खेलाडी कर्फु रसाइलीको स्मृतिमा ओपन फुटसल प्रतियोगिता हुने भएको छ ।

यहि पौष २६ गते हुन गईरहेको प्रतियोगिता बानेश्वर रिक्रियशन सेन्टरमा हुनेछ । प्रतियोगितामा सहभागि हुने टोलीहरुका लागि टिम दर्ता शुल्क ६००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पात पार्नेछ भने उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडलहरु प्राप्त गर्नेछ । स्मरण रहोस, नेपालको उमेर समूहको राष्ट्रिय फुटबल टोलीबाट समेत खेलिसकेका कर्फुको हालै फुटसल प्रतियोगिता खेल्ने क्रममा असामयिक निधन भएको थियो ।

Post Comments