
काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपको बहुप्रतिक्षित भिडन्तका रुपमा हेरिएको दक्षिण एसियाका दुई चिरप्रतिद्वन्द्वी नेपाल र भारतबीचको आज हुँदैछ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा राती नेपाली समयअनुसार ९ः४५ बजेदेखि शुरु हुने आजको खेलको प्रतिक्षामा सारा नेपालीसहित भारतीय फुटबल समर्थक पनि उत्सुक छन् । नेपालका लागि आजको खेल सुखद पनि बन्न सक्छ भने भारतका लागि दुःखद ।
आफ्नो शुरुवाती दुई खेलमा लगातार दुई जित हात पारेर ६ अंकका साथ शिर्ष स्थानमा रहेको नेपाललाई आजको खेलमा आफू अनुकुल नतिजा निस्किए ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनल पुग्ने अवसर पनि बलियो छ ।
उता ठिक विपरित भारत भने आजको खेलमा आफू अनुकुल नतिना निकाल्न नसके प्रतियोगिताबाटै बाहिरिने संघारमा पनि छ । दुई खेलमा लगातार २ बराबरी खेल्दै दुई अंक मात्र जोडेको सातपल्टको विजेता भारत अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
भारतलाई आज जित्नैपर्ने दबाब पनि छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले पनि आजको खेलबारे आफूहरुसँग अन्य विकल्प नरहेको बताइसकेका छन् । साथै नेपाल विरुद्ध अनुकुल नतिजा निकाल्दै प्रतियोगिताको उपाधि होडमा आफूहरुलाई कायम राख्ने योजना पनि स्टिम्याकको छ ।
उता नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले पनि आजको खेलमा भारत बलियो रहेको र विपक्षीले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताइसकेका छन् । तर पनि आफूहरु जित र सुखद नतिजा कै लागि मैदानमा उत्रिने अल्मुतारीको भनाई थियो ।
नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले यसपटक साफ च्याम्पियनसिप जित्ने लक्ष्य लिएको बताएका छन् । आफूहरु विस्तारै त्यसतर्फ अग्रसर रहेको पनि उनको भनाई थियो । भारत बलियो टोली भए तापनि आफूहरु जितका लागि मैदानमा उत्रिने किरनले स्पष्ट पारे ।
स्मरण रहोस, नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । यद्यपि आजको खेलमा आफू अनुकुल नतिजा निकाल्न सके नेपाल एतिहासिक रुपमा फाइनल नजिक पुग्ने सम्भावना पनि छ । त्यसो भएको खण्डमा नेपालको पहिलो ऐतिहासिक साफ च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा हुने सम्भावना पनि प्रबल बन्न सक्छ ।
- खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गरेका फुटबलप्रेमीहरूले नेपाल र बंगलादेशबीचको बहुप्रतिक्षित SAFF फाइनल खेलमा सहभागी हुन सक्ने
- महिला साफ च्याम्पियनसिप: खल्ती एपबाट टिकट खरिद गर्न सकिने
- उपाधि जित्ने अडानमा भारतीय प्रशिक्षक
- नेपाल विरुद्ध भारतको जित्ने सम्भावना बलियोः अल्मुतारी
- फाइनल पुग्ने माल्दिभ्सको सम्भावना कायमै