News
नेपालको जितमा अमिषा निर्णायक
काठमाडौं । नेपाली यु–१५ महिला फुटबल टोलीले आफ्नो दोस्रो खेलमा पनि भुटानमाथि जित निकालेको छ । यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले भुटानमाथि ६–१ को जित निकालेको थियो ।
यद्यपि बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा भने पहिलो खेलकै नतिजा र प्रदर्शनलाई निरन्तरता दिन सकेन । नेपालले बुधबारको खेलमा भुटानी यु–१५ महिला फुटबल टोलीमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।
नेपालको जितमा अमिषा कार्कीले एक मात्र निर्णायक गोल गरीन् । स्मरण रहोस, अमिषाले पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि ह्याट्रिक गरेकी थिईन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै