News
आयोजक एक्सेल्सियर सेमिफाइनलमा
काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे । रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे ।
सोही स्पर्धामा युकेश नेगी र कुलदेव तितुङको ह्याट्रिकमा किड्स लर्निङले काष्ठमण्डपलाई ६–१, ग्रिनफिल्डले रातो बंगलालाई ४–३ तथा पुष्पसदनले बृहस्पतिलाई ३–१ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१६ ब्वाइज फुटबलमा महामञ्जुश्रीले काष्ठमण्डपलाई ४–३, ग्रिनफिल्डले ग्यालेक्सीलाई ३–२, बृहस्पतिले इलाइट को–एडलाई ४–० तथा एक्सेल्सियरले एलआरआईलाई ३–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै