
हेटौडा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका तीन महत्वपूर्ण सदस्य अन्जन बिष्ट, आयुष घलान र सुनिल बल शुक्रबार गृहनगरमा सम्मानित भएका छन् ।
मकवानपुर खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरि तीन खेलाडीहरुलाई नगद २५ हजार, खादा र सम्मानपत्र सहित सम्मानित गरेको हो । यद्यपि सम्मान कार्यक्रममा आयुष घलान भने विविध कारणले उपस्थित हुन सकेनन् ।
खेलाडीहरुलाई बागमती राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी लगायत अन्य अतिथीहरुले सम्मानित गरेका थिए । स्मरण रहोस, नेपालले हालै माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा पहिलोपटक ऐतिहासिक फाइनलमा स्थान बनाएको थियो ।
तर फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग नेपाल निराश हुन पुगेको थियो । नेपालको ऐतिहासिक सफलता र प्रदर्शनमा अन्जन, आयुष र सुनिलको पनि अहम भूमिका रहेको थियो । अन्जनले भने दोहारो पहेंलो कार्डका कारण दुर्भाग्यपुर्ण रुपमा फाइनल खेल्न सकेका थिएनन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा