News
कञ्चनपुरमा अरनिको सैनिक कप हुने
पुनर्वास । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिको बस्तीमा यही मंसिर१९ गते देखि अरनिको सैनिक कप वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रको केन्द्रबिन्दु रहेको पुनर्वासमा फुटबलको चहलपहल बढाउने र यहाँका स्थानीय खेलाडीहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
श्री अरनिको युवा क्लब, पुनर्वास नगरपालिका २,अरनिकोबस्ती कञ्चनपुरको आयोजनामा अरनिको खेल मैदानमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने पुष १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा