हेटौंडाको हुप्रचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगिता–२०७६ मा हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडाले अन्तिम चारमा स्थान बनाएको छ ।
आईतबार भएको खेलमा हेटौंडा–१ लाई १–० गोलअन्तरले पराजित गर्दै २ नम्बर वडाले अन्तिम चारमा स्थान बनाएको हो । विजयी टोलीका लागि निर्णायक गोल ध्रुब श्रेष्ठले गरेका हुन् । खेलको म्यान अफ दी म्याच विजयी टोली २ नम्बर वडाका गणेश राई घोषित भए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा हेटौंडा–५, १९, गढी गाउपालिका, कैलाश गाउपालिका अन्तिम आठमा प्रवेश गरेका छन् । हेटौंडा–१९ ले ६ नम्बरलाई १–०, हेटौंडा–५ नम्बरले ८ नम्बर वडालाई १–०, कैलाश गाउ“पालिकाले बागमती गाउ“पालिकालाई १–० तथा गढी गाउ“पालिकाले हेटौंडा–४ लाइ टाइब्रेकरमा २–१ गोलअन्तरले पराजित गरेको हो । हेटौंडा–१९ को जितमा सञ्जीव गिरीले खेलको आठौं मिनेटमा गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
५ नम्बर वडाको जीतमा म्यान अफ दी म्याच भएका सुरेन्द्र योञ्जनले निर्णायक गोल गरे ।
कैलाशलाई क्वार्टरफाइनलमा पु¥याउन विकल गौतमले गोल गरेका थिए । उनको गोल निर्णायक सावित भयो । ४ नम्बर र गढीबीचको खेल निर्धारित समयमा १–१ गोल भएपछि टाइब्रेकरमा गढीगाउ“पालिका विजयी भएको हो । निर्धारित समयमा ४ नम्बरको तर्फबाट रवि भण्डारीले गोल गरेका थिए भने गढीको तर्फबाट सरोज घलानले गोल गरेका थिए । प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ ।
दोस्रो वीपी कप फुटबल प्रतियोगिता यही १६ गतेसम्म सञ्चालन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा