News वार्ड नम्बर १ (ख) सेमिफाइनलमा
गोलनेपाल

औराबनी । वार्ड नम्बर १ (ख) सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा जारी तेस्रो अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गढी खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

वार्ड नम्बर १ का लागि २७औं मिनटमा विश्वजित उराउले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि उराउ नै घोषित भए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे । उनलाई प्रमुख अतिथी राजकुमारी चौधरीले पुरस्कृत गरेकी थिईन ।

प्रतियोगिता अन्तरगत मंसिर २७ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ५ र वार्ड नम्बर १ (क) बीच हुने आयोजकले जनाएको छ ।

गढी गाउँपालिका, औराबनी सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७१ हजार हात पार्नेछ भने उपविजोले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष ३ गतेका दिन हुनेछ ।

 

Post Comments