News
माजियालाई च्यारिटी शिल्डको उपाधि

काठमाडौं । माल्दिभियन एफए च्यारिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि किरन चेम्जोङको टोली माजिया स्पोर्टस र रिक्रियशनले जितेको छ ।
स्मरण रहोस, माल्दिभ्सको शिर्ष लिग शुरु हुनु अघि गत सिजनको लिग च्याम्पियन र एफए कप विजेता बीच वार्षिक रुपमा यो एफए च्यारिटी शिल्डको आयोजना हुँदै आएको छ ।
नेशनल स्टेडियममा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियामाथि ५–० को फराकिलो जित निकाल्दै च्यारिटी शिल्डमाथि लगातार दोस्रोपटक कब्जा जमायो । गत सिजन पनि माजियाले नै एफए च्यारिटी शिल्डकपको उपाधि जितेको थियो ।
त्यस्तै नयाँ सिजनका लागि यसै बर्ष माजियामा आवद्ध भएका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको पनि माजियाका लागि यो पहिलो आधिकारिक खेल थियो ।
Post Comments