
घोडेटार । छैठौं भिमदल राई स्मृति हतुवागडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली घोडेटार फुटबल क्लबले जित्न सफल भएको छ ।
हतुवागढी–१ घोडेटार स्थित सगरमाथा माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा घरेलु टोली घोडेटारले आमटेक फुटबल क्लबलाई १–० को गोलअन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । घोडेटारका लागि पहिलो हाफको ३०औं मिनटमा अभिषेक बिकले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको घोडेटारले उपाधिसहित नगद १,६६,६२२ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता आमटेकले उपविजेता ट्रफीका साथ १,०१,०३० रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच घोडेटारका अभिषेक बि.क घोसित भए भने उत्कृष्ट गोलरक्षक पनि घोडेटारका निरज चौधरी चुनिए । त्यस्तै उत्कृष्ट डिफेन्डर पनि घोडेटारका सन्देस राई बन्दा उत्कृष्ट मिडफिल्डर पनि घोडेटार कै रोशन भुजेल घोसित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आमतेकका उमेस कार्की घोसित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि आमतेक कै निरज थापा मगरले हात पारे ।