News
पासीकोट महिला फुटसल हुँदै

काठमाडौं । खेलकुदमा पछिल्लो समय मौलाएको इन्डोर खेल फुटसलको लोकप्रियता अहिले धेरैको रोजाईमा पर्ने गरेको छ । यसैक्रममा पासिकोट फुटसलको आयोजनामा यहि पौष ३० गतेदेखि पासिकोट महिला फुटसल प्रतियोगिता हुने भएको छ ।
पासिकोट फुटसल प्रा.लि. को आयोजनामा तथा आयोजकको आफ्नै फुटसल एरिनामा हुने प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगितामा सहभागिता लागि टिम दर्ता पनि खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ७५ सय तोकिएको पनि आयोजकले जनाएको छ । टिम दर्ता गर्ने अन्तिम मिति पौष २७ गतेसम्म रहेको आयोजकले जनायो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि जनही १०–१० हजार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments