News
हारेर पनि माजिया प्रेसिडेन्ट कपको फाइनलमा
काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशन माल्दिभ्सको प्रतिष्ठित प्रेसिडेन्ट कपको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा माजियाले क्लब भ्यालेन्सियासँग १–० को झिनो अन्तरको हार बेहोर्यो । खेलको ३०औं मिनटमा अली फसिरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
यो नतिजापछि ७ खेलबाट ६ जित र १ बराबरीका साथ १९ अंक जोडेको क्लब भ्यालेन्सिया शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गर्यो । त्यस्तै ७ खेलबाट ५ जित र २ मा हार बेहोरेको माजिया कुल १५ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गर्न सफल भयो ।
फाइनल खेल २३ जनवरी आइतबारका दिन माजिया र क्लब भ्यालेन्सियाबीच नै हुनेछ । स्मरण रहोस, माजियाले सन् २०१५ मा एकपटक मात्र प्रतिष्ठित प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल