काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको एक कार्यक्रमका बीच खेलतालिका सार्वजनिक गरिएको हो ।
यहि फागुन १८ गतेदेखि शुरु हुने बी डिभिजन लिग आगामी चैत्र २७ गतेसम्म सिंगल राउण्ड रोबिन लिगका आधारमा चल्नेछ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउने छन् । साथै लिगको पुछारमा रहने दुई टोली सी डिभिजनमा घटुवा हुने छन् भने शिर्ष दुई टोली ए डिभिजनमा बढुवा हुने छन् ।
बी डिभिजनको लिग विजेताले उपाधिसहित १५ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले १० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्नेछ ।
त्यति मात्र नभएर लिगको हरेक म्याच जित्ने टोलीलाई २५ हजार म्याच मनी दिईनेछ । त्यस्तै बराबरी खेल्ने दुवै टोलीलाई १०–१० हजार प्रदान गरिने पनि एन्फाले जनाएको छ ।



- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)